Online Nepal
  • शनिबार, १० साउन २०८२
  • विवाहको १८ वर्षपछि क्यानेडियन प्रधानमन्त्री जस्टिनले गरे सम्बन्ध विच्छेद

    विवाहको १८ वर्षपछि क्यानेडियन प्रधानमन्त्री जस्टिनले गरे सम्बन्ध विच्छेद

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 873
    SHARES

    एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् ।

    दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको पुष्टि गरे । ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सन् २००५ मा विवाह गरेका थिए ।



    ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं,’ प्रधानमन्त्री ट्रुडोले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

    सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा राखेकी छन्।

    ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए । उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो। ट्रुडो र सोफीका तीन सन्तान छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार