Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरको भीमफेदीमा भेटियो किशोरीको शव

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा एक जना किशोरीको शव फेला परेको छ।

माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको हो। मृतक किशोरीको पहिचान खुलेको छैन।

अन्दाजी १६/१७ वर्षकी देखिने किशोरीको शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ।

घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077