Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसिया पठाईदिन्छु भन्दै ठगी गर्ने रविन्द्र सामाखुशीबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको ताप्लिङ गाउँपालिका २ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने रविन्द्र राई रहेका छन् ।

राईले वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भन्दै फर्कमान बुढालाई ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

राईले राम्रो कमाई हुने भन्दै ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राईलाई आज सामाखुशीबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077