Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरको सिक्रेनी पहिरोमा वेपत्ता एक जनाको शव भेटियो

मकवानपुर । मकवानपुरको सिक्रेनी पहिरोमा वेपत्ता भएका एक जनाको शव भेटिएको छ ।

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको शव भेटिएको हो ।

उनको शव सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकरेस्थित बागमती खोलाको बीच बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले सिक्रेनीमा रहेको स्याङ्तानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी बेपत्ता छन् ।

पहिरोमा परेकी अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने हिजो नै उपचारका लागि अस्पताल लैजाँदा बाटोमा मृत्यु भएको थियो ।

पाहुन आएका उनका ज्वाइँ सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ भने पहिरोमा बगेको १४ घन्टापछि जीवित भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077