काठमाडौं । सुनसरी प्रहरीले आफ्नै छोरीलाई विषादी खुवाएर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सुनसरीको बर्जु गाउँपालिका २ का अर्जुन कामतलाई प्रहरीले छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा बुधबार पक्राउ गरेको हो।
मंगलबार राति मदिराले लठ्ठ बनेर आएका कामतले २० वर्षीया छोरी राधिकालाई तरकारीमा हाल्ने विषादी जबरजस्ती खुवाएका थिए।
बुवाले जबरजस्ती विष खुवाएपछि बिरामी बनेकी राधिकालाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो।