Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले दिए किटानी जाहेरी

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने लोभ देखाएर ठगिएको भन्दै थप १८ जना पीडितले उजुरी हालेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन् ।

सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाहरूका १८ जना पीडितहरूले उजुरी दिएका छन् ।

उक्त जाहेरी दरखास्त आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077