Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हनी ट्रयापमा पारेर लाखौँ ठगी गर्ने दुई जना प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘हनी ट्र्याप’मा पारेर रकम असुल्ने एक युवतीसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली घर भई हाल भक्तपुर बस्ने आसिका रजल मगर र दोलखाका घर भई तारकेश्वर बस्ने राजु खत्री रहेका छन् ।

उनीहरुले केही पुरुष व्यक्तीहरुलाई प्रत्यक्ष भेटघाट गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने र बलात्कारको मुद्दा हाल्ने भन्दै लाखौंको बार्गेनिङ गर्दै आएका थिए।

उनीहरुले पुरुषलाई गेष्ट हाउसमा भेट्न बोलाई त्रास देखाएर बिभिन्न मितिमा ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूले पीडितबाट ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको र उनीहरूउपर आपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077