Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरबाट ३१ बोरा पटकासहित जैसवाल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोदाम राखेको पटकासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-१९ घर भई हाल ललितपुरको सानेपा बस्ने जितेन्द्र कुमार जैसवाल रहेका छन् ।

भारतबाट पटका ल्याएर कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५ सय केजी भन्दा बढी पटका बरामद गरेको हो ।

जैसवालले ललितपुरको ललितपुर महानगरपालिका १ कुपण्डोल कानदेवतास्थानमा गोदाम भाडामा लिएर कारोबार गर्ने गरेका थिए । गोदामबाट प्रहरील ३१ बोरामा बिभिन्न प्रकारका पटका नियन्त्रण गरेको छ।

गोदामबाट खोर्सानी बम, आलु बम, झिरझिरे, नागिनलगायतका पटका बरामद भएका छन्। प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

पक्राउ परेका जैसवाललाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077