Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिंहदरवारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी

काठमाडौं । सर्वदलीय बैठक सिंहदरबारमा अबेर राति सुरू भएको छ ।

४ बजेका लागि बैठक बोलाइए पनि सुर्खेतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फर्किन ढिलाइ भएकाले बैठक ढिला सुरू भएको हो ।

संसद् गतिरोधको गाँठो फुकाउन भन्दै आज अबेर राति सर्वदलीय बैठक जारी छ । बैठकमा संसद् अवरोध गरिहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077