काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबारदेखि सुरु भएको छ ।
ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ ।
जारी बैठकमा बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीको तयारी छ ।
पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि एकीकृत समाजवादी पार्टीको महाधिवेशन हुन सकेको छैन ।
बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् ।