Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • केपी ओली पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

    केपी ओली पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन्।

    मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै समाजवादीका प्रमुख सचेतक चौधरीले यस्तो दाबी गरेका हुन्।



    चौधरीले भने, ‘यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्। हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं। केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद अवरोध गर्ने बखेडा झिकिरहेका छन्। यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ। मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ।’

    उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए। उनले सबै काण्डहरूमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताए।

    प्रमुख सचेतक चौधरीले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरूद्ध गरिहेको आरोप लगाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार