Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बसिहेको छ ।

बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा जारी छ ।

मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल जारी छ ।

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको नेताहरु जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077