Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • स्वास्थ्यमन्त्री बस्नेत हेलम्बुको बाढी निरीक्षण गर्न जाने

    स्वास्थ्यमन्त्री बस्नेत हेलम्बुको बाढी निरीक्षण गर्न जाने

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गर्न जाने भएका छन्।

    स्वास्थ्यमन्त्री बस्नेत हेलिकप्टरमार्फत् अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु जान लागेका हुन्।



    ग्याल्थुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरु, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरुमा बाढीले निरन्तर पुर्याएको असर तथा प्राकृतिक विपत्तिले त्यहाँका स्थानीयलाई परेको दुस्खले आफ्नो मन कुँडिएको स्वास्थ्यमन्त्री बस्नेतले बताए।

    बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेश राज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरीलगायतका नेताहरूलाई त्यहाँ खटाइएको जानकारी दिँदै उनले मौसमले साथ दिए आफू पनि पुग्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार