सुनसरी । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
आरोपितको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान र १ राउण्ड गोली बरामद गरेको छ ।
घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको थियो ।
तत्काल फरार भएका किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।