Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • बाल सुधार गृहमा मृत्यु भएका बस्नेतको भिसेरा परीक्षण हुने

    बाल सुधार गृहमा मृत्यु भएका बस्नेतको भिसेरा परीक्षण हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । भक्तपुर बाल सुधार गृहमा मृत भेटिएका १८ वर्षीय कमल बस्नेतको भिसेरा परीक्षण हुने भएको छ।

    मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षणका लागि विधिविज्ञान प्रयोशालामा नमूना पठाइएको छ । गत भदौ २ गते भक्तपुर सुधार गृहमा कमल मृत भेटिएका थिए।



    उनको मृत्युपछि सुधार गृहमा तनावग्रस्त बनेको थियो। त्यसको भोलिपल्ट सुधार गृह तोडफोड गरी त्यहाँ रहेका २५५ बालक भागेका थिए।

    घटनाको एक सातापछि कमलका परिवार सहमत भएपछि त्रिवि शिक्षण अस्पतालमा गरिएको शव पोस्टमर्टमको पूर्ण रिपोर्ट आइसकेको छैन।

    भदौ ११ गते कमलको शव उनका परिवारले बुझेका थिए। यथोचित राहत रकम उपलब्ध गराउने सहमतीपछि उनका परिवारले शव बुझेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार