Online Nepal
  • बिहिबार, ४ असोज २०८०
  • अर्ना बियरले भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई १ लाख पुरस्कार दिने

    अर्ना बियरले भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली खेलाडीलाई १ लाख पुरस्कार दिने

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 9.2K
    SHARES

    काठमाडौं । अर्ना बियरले भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्काबापत नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

    एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज दिउँसो श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ।



    यती ब्रेवेरीको उत्पादन अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।



    नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार