काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसी कार्यान्वयनको अनुगमन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाइएको हो ।
समितिमा उपमहासचिवहरू डा. गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, नेतृ गरिमा शाह र एक–एक जना विषयविज्ञ रहने छन् । विषय विज्ञको नाम चयन गर्न बाँकी छ ।
समितिले एमसीसीको कार्यान्वयनको अनुगमन गर्ने, व्याख्यात्मक घोषणबारे पनि छलफल गर्ने बताइएको छ ।