Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • सारुककी आमाको आग्रह – छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गरियोस्

    सारुककी आमाको आग्रह – छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसँग गरियोस्

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । अभिनेता सारुक ताम्राकारकी आमा रुक्मणी ताम्राकारले आफ्ना छोराको मृत्युबारे निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन्। छोरा सारुकले आत्महत्या गरेको ५२ दिनमै श्रीमान् सानु ताम्रकारको पनि निधन भएपछि रुक्मणी ठूलो पीडामा परेकी छन्।

    यसै क्रममा उनले सोमबार सामाजिक सञ्जालमार्फत सारुकले त्यस्तो निर्णय किन गरे भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। अभिनेता सारुक ताम्राकारकी आमा रुक्मणी ताम्राकारले आफ्ना छोराको मृत्युबारे निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेकी छन्।



    छोरा सारुकले आत्महत्या गरेको ५२ दिनमै श्रीमान् सानु ताम्रकारको पनि निधन भएपछि रुक्मणी ठूलो पीडामा परेकी छन्। यसै क्रममा उनले सोमबार सामाजिक सञ्जालमार्फत सारुकले त्यस्तो निर्णय किन गरे भन्ने विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्।

    सोमबार फेसबुकमा उनले लेखेकी छन्, ‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान् पनि गुमाउँदा ममाथि ठूलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भन्ने कुराको खबर नआउँदा म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुरा को छानबिन राम्रोसँग गरियोस् र पुलिसले फोन डिटेल्स प्रस्ट अगाडि ल्याउनुहुन अनुरोध गर्दछु ।’

    ३१ वर्षीय सारुक असार २१ गते राति काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका थिए । उनका बुवा सानु ताम्राकारको भदौ ९ गते उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार