Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काफ्लेले दिए कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

काफ्लेले आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी संसदीय दलका नेता बहादुरसिंह लामालाई दिएका हुन् ।

पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको उनले बताए ।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077