Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा

    वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झण्डा

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई राष्ट्रिय सभागृहमा राखिएको छ ।

    सभागृह पुगेर मेयर बालेन्द्र साह (बालेन)ले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गका हुन् ।



    उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

    रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार