Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेनाल्टीमा चुक्दा म्यानमारसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काठमाडौं । पेनाल्टीमा चुक्दा नेपाल मैत्रीपूर्ण फुटबलमा म्यानमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।

शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो । तर अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको हो।

५८औँ मिनेटमा १८ यार्ड बक्सभित्र म्यानमारका रक्षकको ह्यान्ड भएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टी प्रहारका लागि आएका अञ्जनको प्रहार म्यानमारका गोलकिपरको खुट्टामा लागेर फर्किएपछि नेपालले अग्रताको अवसर गुमाएको हो ।

पेनाल्टीमा गोल गर्न चुकेका अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा हरि खड्का र निराजन रायमाझीसँग बराबरी गर्ने अवसरसमेत गुमाए । हरि र निराजन दुवैले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

अञ्जनले हालसम्म नेपालका लागि १२ गोल गरेका छन् । नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077