Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका स्वास्थ्यमन्त्री गफारबीच भेटवार्ता

    स्वास्थ्यमन्त्री बस्नेत र इजिप्टका स्वास्थ्यमन्त्री गफारबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ ।

    अतिरिक्त सचीव डा। विकास देवकोटा र इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्सालको सहभागी दुवै देशका स्वास्थ्यमन्त्रीबीच भेटवार्ता भएको हो ।



    कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा इजिप्टमा अध्यनरत नेपाली विद्यार्थीहरुका विभिन्न समस्याहरु, अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउने, स्वास्थ्य क्षेत्र सुधारका लागी दुबै देशका स्वास्थ्य पदाधिकारी बिच भिजिट आदानप्रदान गर्ने लगायतका बिषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार