Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • रकम असुलीमा मुछिएपछि प्रहरी चौकी सिउँडीका सई बिष्टको सरुवा

    रकम असुलीमा मुछिएपछि प्रहरी चौकी सिउँडीका सई बिष्टको सरुवा

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 12.3K
    SHARES

    अछाम । रकम असुलीमा मुछिएका अछामको सिउँडी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई)को सरुवा भएको छ ।

    मदिरा व्यापारीबाट राजस्वका नाममा रकम असुली गरेको आरोप लागेका प्रहरी इन्चार्ज सई लालसिंह बिष्टको सरुवा भएको हो।



    सई बिष्टमाथि जिल्लाको चौरपाटी गाउँपालिकामा रहेका मदिरा व्यापारीबाट असुली धन्दा चलाएको आरोप लागेको थियो ।

    सई बिष्टलाई जिल्ला प्रहरी कार्यालय अछाम तानिएको छ भने उनको स्थानमा असई लोकबहादुर विष्टलाई पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार