Online Nepal
  • शनिबार, १० साउन २०८२
  • ललिता निवास प्रकरण : भाटभटेनीका संञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

    ललिता निवास प्रकरण : भाटभटेनीका संञ्चालक गुरुङसँग २ करोड ४६ लाख धरौटी माग

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका संञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छोड्न आदेश दिएको छ।

    आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरूङलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।



    बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

    जिल्ला अदालतले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको छ। थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    ललिता निवास प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १८ जना पक्राउ परेका छन्। उनीहरूविरुद्ध मुलुकी ऐन,२०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार