Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • ललित राजवंशीलाई ब्याट उपहार दिने भारतीय उद्यमी मित्तलको घोषणा

    ललित राजवंशीलाई ब्याट उपहार दिने भारतीय उद्यमी मित्तलको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 3K
    SHARES

    काठमाडौं । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन्।

    मित्तलले सामाजिक सञ्जाल एक्समा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका हुन् ।



    ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएका थिए ।

    मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका छन् । मित्तल सादी डटकमका संस्थापक हुन्।

    उनी भारतको चर्चित रियालिटी सो सार्क ट्याङ्क इन्डियामा समेत छन्। उनले सार्क ट्याङ्कमार्फत ६० भन्दा बढी कम्पनीमा लगानी गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार