Online Nepal
  • शनिबार, १० साउन २०८२
  • १६ दिनदेखि बेपत्ता मेजर पण्डितको शव फेला

    १६ दिनदेखि बेपत्ता मेजर पण्डितको शव फेला

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 8.5K
    SHARES

    डोल्पा । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ ।

    १६ दिनदेखि बेपत्ता रहेका गुल्मपति पण्डितको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्ग चिन्ढेबगर नजिक भेरी नदीमा भेटिएको हो । दुईवटा ढुंगाको खोल्सामा शव फेला परेको थियो ।



    भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    शब फेला परेको ठाउँबाटै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको छ।

    काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार