Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

    सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ९ लाख जनाले १० कित्ताका दरले सेयर पाएका छन्।



    उक्त आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएकोमा १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

    योग्य १४ लाख ७ हजार २३७ आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो।

    लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार