Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाजवादीका नेताहरुको कार्यविभाजनमा हेरफेर, विदेश विभाग प्रमुखमा खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको कार्यविभाजनमा हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो ।

पार्टीले संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरेको जनाएको छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशनमा पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ ।

महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन र मोर्चा संगठनका कामको विशेष अनुगमन गर्ने उल्लेख छ ।

त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन् ।

अन्य नेताहरुको जिम्मेवारी :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077