Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

    सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकले संविधानसभा अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो।



    बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    यसअघि राष्ट्रियसभाले वर्तमान प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

    बैठकमा पूर्वसभामुख समेत रहेका नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो।

    प्रतिनिधिसभा अर्को बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ।नेम्वाङको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानमा अन्त्येष्टि गरिएको छ।

    नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो। नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार