मकवानपुर । मकवानपुरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शिक्षा विधेयक–२०८० को बिरोध गर्दै विधेयकको प्रति जलाएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० हेटौँडामा जलाइएको हो ।
उनीहरुले २०२८ सालमा आएको शिक्षा ऐन भन्दा पनि अहिले ल्याउन लागिएको विधेयक प्रतिगामी भएको आरोप लगाएका छन् । शिक्षकहरुले उक्त प्रस्तावित शिक्षा विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
Leave a Reply