Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अस्पताल ठप्प हुँदा बिरामी मर्कामा

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको विरोधमा देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा विरामीहरु मर्कामा परेका छन् । घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु मर्कामा परेका छन् । बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको संघले जनाएको छ ।

संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय गरेको हो ।आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र ब्यानरसहित विरोध गरिरहेका छन् ।

अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077