Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • पाकिस्तानी फास्ट बलर नशीम शाहले विश्वकप गुमाउने खतरा

    पाकिस्तानी फास्ट बलर नशीम शाहले विश्वकप गुमाउने खतरा

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 948
    SHARES

    एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका तीव्र गतिका बलर नशीम शाहको दाहिने काँधमा लागेको चोटका कारण एकदिवसीय विश्वकप गुमाउने सम्भावना बढेको छ ।

    काँधको चोट सुरुमा आशंका गरिएको भन्दा खराब रहेको स्क्यानले पत्ता लगाएपछि अब उनले भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने सम्भावना बढेको हो ।



    अहिलेको अवस्थामा उनको चोट निको हुन समय लाग्ने देखिएको छ। यस्तै उनले सन् २०२४ मा हुने पाकिस्तान सुपर लिग पनि गुमाउन सक्छन्।

    नशीम गत साता एसिया कपमा भारतविरुद्धको खेलमा ४६औं ओभर बलिङ गर्दा घाइते भएका थिए। जसका कारण उनले खेलमा ब्याटिङ समेत गर्न सकेका थिएनन्।

    नशीम विश्वकपमा अनुपस्थित हुने र त्यसपछिको अष्ट्रेलियामा हुने शृङ्खला गुमाउने कुरा पाकिस्तानका लागि ठूलो झट्का हुनेछ।

    विगत एक वर्षमा नशीम पाकिस्तानका मुख्य बलर हुन्। अहिले नशीमसँगै ​​शाहीन शाह अफ्रिदी र हरिस रउफ पाकिस्तानका उत्कृष्ट बलर हुन्। ‍

    उनी एकदिवसीय खेलमा डेब्यू गरेदेखि सबैभन्दा उच्च लयमा रहेका बलर हुन्। उनले १४ खेलमा १७ भन्दा कम औसतमा ३२ विकेट लिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार