Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

    साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ।



    यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ। त्यस्तै, काठमाडौं उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ।

    गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ। त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ।

    चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ।

    साउन महिनामा सरकारको खर्च ३५ अर्ब चार करोड र राजस्व परिचालन ७८ अर्ब ८७ करोड रहेको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ। वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ।

    साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ।

    वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार