काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।
आइतबार सम्पन्न सो भेटमा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको हो ।
राष्ट्रसंघका लागि नेपाली नियोगका अनुसार साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको छ ।
भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए । रासस