Online Nepal
  • शनिबार, १३ असोज २०८०
  • राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियन राजदूत भोल्कबीच शिष्टाचार भेट

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियन राजदूत भोल्कबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 612
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ ।

    सिंहदरवारस्थित अध्यक्षको कार्यकक्षमा आज भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको हो।



    भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे ।



    उनले धेरै नेपाली विद्यार्थीहरुको आकर्षक शैक्षिक गन्तब्यको रुपमा अष्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने बताए।

    विद्यार्थीसँगै विभिन्न पेशा र व्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्ट्रेलिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने बताए।

    राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको बताइन्। राजदूत भोल्कले आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे हुने जानकारी गराएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार