Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • शिक्षक महासंघलाई सरकारले भन्यो – विद्यालय बन्दको घोषणा स्थगित गरी वार्तामा आउनू

    शिक्षक महासंघलाई सरकारले भन्यो – विद्यालय बन्दको घोषणा स्थगित गरी वार्तामा आउनू

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाएको छ । संसदमा पेश भएको शिक्षा विधेयक, २०८० प्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको महासंघलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएको हो ।

    मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भगवान् अर्यालले महासङ्घलाई मन्त्री अशोक राईको संयोजकत्वमा वार्तामा सामेल हुन विज्ञप्तिमार्फत आह्वान गरे ।



    महासङ्घले उठाएका कतिपय मागहरू विधेयकमा समावेश गरिएको विज्ञप्तिमा दाबी गरिएको छ भने कतिपय मागहरू विधेयक पारित भएपछि नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको बताउँदै महासङ्घलाई वार्ताका लागि बोलाइएको हो ।

    ‘महासङ्घले संविधान दिवसका दिनबाट घोषणा गरेका विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मङ्गलवार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासङ्घलाई हार्दिक आग्रह गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

    शिक्षा विधेयकप्रति असुन्तुष्टी जनाउँदै महासङ्घले संविधान दिवसदेखि देशभरका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार