Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • शिक्षा मन्त्रालयले बोलाएको वार्ता शिक्षक महासंघद्धारा वहिस्कार

    शिक्षा मन्त्रालयले बोलाएको वार्ता शिक्षक महासंघद्धारा वहिस्कार

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 834
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलन घोषणा गरेको शिक्षक महासंघ शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने भएको छ ।

    आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघलाई सोमबार आह्वान गरेको थियो।



    नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको हो। संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गर्दैछ।

    विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षालाई थप धरासयी बनाउने, आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत हकहित विपरीत रहेको भन्दै संघले आन्दोनलमा सहभागी हुन भनेको छ।

    महासंघले असोज ३ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ। जसअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार