सुनसरी । पत्नीको हत्या गरेको आरोपमा सुनसरीबाट प्रहरीले एक जनालार्य पक्राउ गरेको छ ।
प्रकाउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ३ का नगेन्द्र भगत रहेका छन् । उनले थप थप दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ ।
भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरीसँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर विवाह गरेका थिए ।
उनले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।
शनिबार राति टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा नगेन्द्रका आफन्तले निकिताको उपचारका लागि इनरुवा अस्पतालमा लगेका थिए ।
अस्पतालले उपचार सम्भव नभएको भन्दै विराटनगर रिफर गरेको थियो । त्यसपछि उनीहरूले विराटनगरको विराट शिक्षण अस्पताल ल्याएका थिए ।
स्थानीयका अनुसार शिक्षण अस्पताल ल्याएको केही समयपछि चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए ।
Leave a Reply