विराटनगर । कपी साटेर प्राध्यापककी छोरी पास गराएको भन्दै महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् ।
मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका हुन्।
सन्ध्या कायस्थले लेखेको अंग्रेजी विषयको उत्तरपुस्तिका परीक्षाका गार्ड राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा साटेका थिए ।
रिजल्ट आउँदा उनको छोरी पास भएको र कायस्थ भने फेल भएको विद्यार्थीको आरोप छ ।
महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर विरोध गरेका विद्यार्थीले आज डिग्री क्याम्पस परीसरमा पर्किङ गरी राखेको बा।१७च। ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रकको गाडीमा आगो लगाएका थिए ।