काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटवार्ता भएको हो । भेटका अवसरमा दुबैबीच विभिन्न विषय वस्तुमा छलफल भएको बताइएको छ ।
यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो।
सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी रहेका थिए ।