Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • मर्यादित आन्दोलन गर्न शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

    मर्यादित आन्दोलन गर्न शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 909
    SHARES

    काठमाडौं । आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि विनानिष्कर्ष टुंगिएको हो ।

    छलफलमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनलाई मर्यादित बनाउन शिक्षकहरुलाई आग्रह गरेका छन् ।



    गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले शिक्षकका समस्या सबैको साझा समस्या भएकाले समाधानका लागि सरकार प्रतिबद्ध भएको बताए।

    गृहमन्त्री श्रेष्ठले शिक्षकहरूको जायज माग सम्बोधन गर्ने र त्यसका लागि अन्य मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । गृह मन्त्रालयमा भएको वार्तामा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारी उपस्थित थिए।

    सरकारका तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार