Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • शिक्षकहरुको आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

    शिक्षकहरुको आन्दोलनले उपत्यकाको ट्राफिक अस्तव्यस्त

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 972
    SHARES

    काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।

    माइतीघर वानेश्वर सडक ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएपछि उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।



    ट्राफिक प्रहरीले बानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ ।

    आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगिएको थियो ।

    विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो ।

    महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ । आन्दोलनकै कारण सडकमा ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा आन्दोलन थालेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार