Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या,श्रीमान् पक्राउ

    दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या,श्रीमान् पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.1K
    SHARES

    सुनसरी । सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई पक्राउ गरेको हो।



    श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

    विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ ।

    उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए ।

    थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ। हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार