Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • अनलाइन गेमबाट ११ लाख ठगी गर्ने दादिकि पक्राउ

    अनलाइन गेमबाट ११ लाख ठगी गर्ने दादिकि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 2.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनलाइन ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    सामाजिक सञ्जालको माध्यममा साथी बनाइ जीमेल, फीफा एपको लिङ्क पठाएर अनलाइन ठगी गर्ने २८ वर्षीय दादिकि शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।



    भोजपुर हतुवागढी गाउँपालिका भई हल काठमाडौंको टोखा बस्ने शेर्पाले पीडितको फेसबुक, ह्वाट्स् एप, भाइवरबाट साथी बनी फीफा एप इन्स्टल गर्न लगाइ ११ लाख २७ हजार रुपियाँ ठगी गरेका हुन् ।

    व्यक्तिगत विवरण समेत अपडेट गर्न लगाइ पीडितलाई सोही एपबाट आर्थिक कारोबार गर्न नेपालको कानुन बमोजिम हुने भनेर विश्वास दिलाइ दिलाएको प्रहरीले जनाएको छ ।

    अनलाइन गेमको विज्ञापन राखेर पीडितलाई अनलाइन बेटिङ गेम खेल्न रकम जम्मा गर्न लगाउने र जम्म गरेको ९० मिनेटभित्र १.४८ प्रतिशतका दरले फाइदा हुने झुटा आश्वासन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    शेर्पालाई ठगी तथा सट्टाबाजी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार