Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • शिक्षकको आन्दोलन जारी, आज पनि विद्यालयमा पठनपाठन ठप्प !

    शिक्षकको आन्दोलन जारी, आज पनि विद्यालयमा पठनपाठन ठप्प !

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ । गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रहेका थिए ।

    शिक्षक आन्दोलन शुक्रबार पनि जारी रहने भएकाले आज पनि पठनपाठन बन्द हुने भएको हो । बिहीबार काठमाडौं उपत्यकामै पनि सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेन । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिँदा दिंदै पनि काठमाडौंका सामुदायिक विद्यालयमा पढाई नभएको हो ।



    गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट छन्। शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

    सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार