Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • शिक्षा विधेयकबारे सडक अन्तरक्रिया गर्दै अखिल क्रान्तिकारी

    शिक्षा विधेयकबारे सडक अन्तरक्रिया गर्दै अखिल क्रान्तिकारी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । अखिल क्रान्तिकारीले शिक्षा विधेयकका बारेमा सडक अन्तरक्रिया गर्ने भएको छ ।नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको बेला अखिल क्रान्तिकारीले सडक अन्तरक्रिया गर्न लागेको हो ।

    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शिक्षा विधेयकमा धेरै नै त्रुटि भएको तथा निजामती कर्मचारीको तुलनामा शिक्षकहरूलाई तलब भत्ता, सेवा र सुविधा कम भएको बताइन् । गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट छन्।



    शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

    सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार