Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • जयेन्दु बाल सुधार गृह तोडफोड गरी भागेका ३० जना प्रहरी‍ नियन्त्रणमा

    जयेन्दु बाल सुधार गृह तोडफोड गरी भागेका ३० जना प्रहरी‍ नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.6K
    SHARES

    बाँके । बाँकेको जयेन्दु बाल सुधार गृह तोडफोड गरि भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए। उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



    झगडामा सामेल र उग्रता पर्दशन गरि रहेकाहरुलाई बाहिरी जिल्ला स्थानान्तरण गर्ने तयारी भइरहेको छ । बालसुधार गृहमा दुई पक्षबीच भएको झडप एक जनाको मृत्यु भएको थियो । झडपमा ११ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ।

    सुधार गृहमा रहेका दुई पक्ष झडपमा उत्रँदा बाल सुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो। स्थिति अहिलेसम्म तनावग्रस्त नै रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार