Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • शिक्षकको आन्दोलनमा सहभागी मदिराले लट्ठ परेका व्यक्ति को हुन् ?

    शिक्षकको आन्दोलनमा सहभागी मदिराले लट्ठ परेका व्यक्ति को हुन् ?

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । शिक्षकको आन्दोलनमा सहभागी हुन काठमाडौँ पुगेका एक शिक्षक मदिराले लट्ठ परेको अवस्थामा फेला परेका छन् ।

    शिक्षकको आन्दोलनमा सहभागी हुन बझाङबाट काठमाडौं पुगेका बझाङको केदारस्युँ गाँउपालिका–४ रत्न माध्यमिक विद्यालयमा मावि तहका राहतमा कार्यरत शिक्षक इन्द्रबहादुर मल्ल गोंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।



    भाइरल भिडियोमा मल्ल शिक्षक पोशाक र परिचयपत्रसहित मदिराले लट्ठिएको देखिएका छन् । एक स्थानीयले उनको घाँडीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न गएको हो । घाँटीमा शिक्षक परिचयपत्र भिरेका मल्ल सुर्ती माड्दै स्थानीयहरूसँग कुरा गरिरहेका भिडिओमा देखिन्छन्।

    स्थानीयसँग कुरा गर्दै उनी भन्छन्, ‘शिक्षकहरूको आन्दोलन होइन, डिमान्ड हो, माग हो।’ स्थानीयसँग कुरा गरिरहँदा उनले सुर्ती माडेर मुखमा राख्छन् । शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार