Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, धोका दिएको आरोप

    सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, धोका दिएको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई धोका र अपमान भएको भन्दै सडक आन्दोलन यथावत् राख्ने भएको छ ।

    राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गरेका हुन् ।



    केन्द्रीय अध्यक्षले वार्ता बहिस्कार गरि बाहिरिदा पनि अहिले विभिन्न संचार माध्यम साथै सामाजिक संजालहरुवाट भ्रामक दुष्प्रचारहरु भइरहेको भन्दै राहत शिक्षक केन्द्रीय समितिले आपत्ति जनाएको छ।

    तथाकथित सहमती चार लाख शिक्षक कर्मचारी माथीको भद्दा मजाक, धोखा, अपमान, आम शिक्षक कर्मचारीलाई गुमराहमा राख्ने र झारो टार्ने गरि सार्वजनिक भएको सहमती घोर आपत्तिजनक रहेको नेपाल राहत शिक्षक केन्द्रीय समितिको ठहर रहेकोले चालु सडक आन्दोलन यथावत राख्दै देशभरका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई शसक्त सडक आन्दोलनमा सरिक हुन आह्वान गर्दै यो विज्ञप्ती जारी गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

    सरकार र शिक्षक महासंघबीच भने शुक्रबार साँझ नै ६ बुँदे सहमति भएको थियो। तर नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माइतीघर मण्डलामा ४० हजार राहत शिक्षक संयुक्त रुपमा राजीनामा दिएर आन्दोलन गर्ने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार