Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • भारतले आफ्ना खेलाडीलाई भिसा नदिएपछि पाकिस्तानले गुहार्‍यो आईसीसी

    भारतले आफ्ना खेलाडीलाई भिसा नदिएपछि पाकिस्तानले गुहार्‍यो आईसीसी

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकपका लागि भारतले भिसा दिन ढिलो गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई गुहारेको छ ।

    प्रतियोगिताको मिति नजिकिँदै गए पनि आफ्ना खेलाडी र खेल पदाधिकारीलाई भिसा दिन ढिलो गरेपछि पीसीबीले आईसीसीलाई गुहारेको हो । आईसीसी एकदिवसीय विश्वकपको १२औँ संस्करण भारतमा आयोजना हुँदैछ ।



    प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म सञ्चालन हुनेछ । आफ्ना खेलाडीलाई भिसा दिन विलम्ब गरेका कारण प्रतियोगिताको तयारीमा बाधा पुगेको पीसीबीले जनाएको छ । विश्वकपअघि पाकिस्तानले दुई वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

    पाकिस्तानले अक्टोबर २९ तारिखमा भारतको हैदराबादमा न्युजिल्यान्डसँग पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ । पाकिस्तानी खेलाडीहरू दुबईमा भेला भएर हैदराबाद जाने योजनामा थिए ।

    तर, भिसामा विलम्ब भएपछि अब पाकिस्तानी टोलीले आगामी बुधबार लाहोर हुँदै भारत जाने योजना बनाएको छ । पीसीबीका अनुसार, पाकिस्तानी खेलाडीले एक साताअघि नै भिसाका लागि आवेदन दिएका थिए ।

    आईसीसीले यसअघि नै विश्वकपमा सहभागी हुने १० वटै टोलीका खेलाडी र खेल पदाधिकारीको नाम भिसा प्रयोजनका लागि भारत सरकारलाई उपलब्ध गराइसकेको छ । पाकिस्तान सरकारले आफ्नो टोलीलाई भारतमा विश्वकप खेल्ने अनुमति पनि अन्तिम समयमा आएर दिएको थियो ।

    विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), सदाब खान, फाखर जामन, इमाम उल हक, अब्दुल्लाह सफिक, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखार अहमद, सलमान अली अघा, मोहम्मद नवाज, उसमा मिर, ह्यारिस रउफ, हसन अली, साहिन शाह अफरिदी र मोहम्मद वसिम रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार